Background image: Beautiful city of Poland
Poland flag

पोल्यान्ड

काम, भिसा र प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी

युरोप (Schengen) गन्तव्य
उत्पादन र कृषि मुख्य क्षेत्र
६-८ महिना प्रक्रिया समय

पोल्यान्ड युरोपेली संघ (EU) र पूर्ण सेन्जेन (Schengen) क्षेत्रको सदस्य राष्ट्र हो। नेपाली श्रमिकहरूका लागि यो एक प्रमुख युरोपेली गन्तव्य हो। यहाँ जानका लागि प्रान्तीय गभर्नर (Voivode) बाट वर्क परमिट जारी हुन्छ। यसको भिसा प्रक्रिया VFS Global (नयाँ दिल्ली) मार्फत पूरा गर्नुपर्छ।

KTM ✈ WAW
Poland flag

पोल्यान्ड

वार्सो

National D-Visa (Work)
|||| || ||| | ||||
प्रक्रिया

पोल्यान्ड जाने सम्पूर्ण प्रक्रिया (Step-by-Step)

नेपालदेखि पोल्यान्डसम्मको वास्तविक ८ चरणहरू

1

🔍 म्यानपावर छनौट र अन्तर्वार्ता

वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत रोजगारदातासँग प्रत्यक्ष वा अनलाइन अन्तर्वार्ता पास गर्नुहोस्।

2

📝 अफर लेटर र कागजात प्रमाणीकरण

रोजगारदाताले अफर लेटर पठाउँछ। त्यसपछि राहदानी, पुलिस रिपोर्ट (PCC), र शैक्षिक प्रमाणपत्रहरू नोटरी गरी कन्सुलर विभागबाट प्रमाणीकरण गर्नुपर्छ।

3

📄 वर्क परमिट (Zezwolenie na Pracę)

रोजगारदाताले पोल्यान्डको प्रान्तीय कार्यालय (Voivodeship) मा आवेदन दिन्छ। त्यहाँबाट स्वीकृत भएपछि वर्क परमिट जारी हुन्छ। यसमा ३ देखि ५ महिनासम्म लाग्न सक्छ।

4

🏥 VFS अपोइन्टमेन्ट (Draw System)

वर्क परमिट प्राप्त भएपछि भारतको नयाँ दिल्लीस्थित VFS Global मा भिसा अपोइन्टमेन्टका लागि लटरी/ड्र (Draw) प्रणालीमा भाग लिनुपर्छ। यो सबैभन्दा चुनौतीपूर्ण चरण हो।

5

✅ भिसा (Type-D) र बायोमेट्रिक

अपोइन्टमेन्ट पाएपछि VFS दिल्लीमा गई सम्पूर्ण सक्कल कागजात बुझाउने र बायोमेट्रिक (औंठाछाप) दिने काम हुन्छ। त्यसपछि पोल्यान्ड दूतावासले भिसा जारी गर्छ।

6

🪪 श्रम स्वीकृति (Labor Approval)

भिसा आएपछि नेपालमा २ दिने अनिवार्य अभिमुखीकरण तालिम लिएर DOFE बाट अन्तिम श्रम स्वीकृति लिनुपर्छ।

7

✈️ उडान र प्रवेश

भिसा अवधिभित्र हवाई टिकट बुक गरी पोल्यान्डको अन्तर्राष्ट्रिय विमानस्थल (जस्तै: Chopin Airport, Warsaw) मा अवतरण गर्नुहुन्छ।

8

🎟️ Karta Pobytu (TRC) आवेदन

पोल्यान्ड पुगेर काम सुरु गरेपछि भिसाको म्याद सकिनुअघि नै अस्थायी निवास अनुमतिपत्र (Karta Pobytu) को लागि आवेदन दिनुपर्छ।

जानकारी

महत्वपूर्ण जानकारी

भिसा र नयाँ कानुनको बारेमा जान्नुहोस्

⚠️

VFS अपोइन्टमेन्ट र दलालको ठगी

पोल्यान्डको भिसा अपोइन्टमेन्ट पाउन धेरै गाह्रो छ र यो लटरी (Draw) प्रणालीमा आधारित छ। दलालहरूले "लाखौं रुपैयाँ दिए सेटिङमा डेट मिलाइदिन्छु" भन्दै फसाउँछन्। यो पूर्णतः झुटो हो, सिस्टमले रेन्डमली छनौट गर्ने भएकोले कसैले पनि सेटिङ मिलाउन सक्दैन।

⚖️

Karta Pobytu र कम्पनी परिवर्तन

पोल्यान्डका मुख्य श्रम नियमहरू:

  • कम्पनी परिवर्तन: पोल्यान्डमा कम्पनी परिवर्तन गर्न पाइन्छ, तर नयाँ कम्पनीले पुनः नयाँ वर्क परमिट निकाल्नुपर्छ। अनुमति बिना काम गर्नु गैरकानुनी हो।
  • TRC (Karta Pobytu): यो कार्ड आउन निकै लामो समय (१ वर्षभन्दा बढी) लाग्न सक्छ। कार्ड नआएसम्म पोल्यान्ड बाहिर यात्रा गर्न पाइँदैन (स्वदेश फर्किन बाहेक)।
लागत जानकारी

लागत र खर्च विवरण

पोल्यान्ड जाँदा कति खर्च लाग्छ?

श्रम स्वीकृति र सम्झौता अनुसार:
विवरण अनुमानित लागत कसले व्यहोर्ने?
वर्क पर्मिट (Voivodeship Work Permit) नि:शुल्क (कम्पनीले तिर्ने) रोजगारदाता
भिसा शुल्क (VFS / Embassy) करिब रू १५,००० – २०,००० आँफैले
डकुमेन्ट अनुवाद र प्रमाणीकरण करिब रू ५,००० – १०,००० आँफैले
हवाई टिकट सम्झौता अनुसार (प्रायः कामदारले) रोजगारदाता वा आँफैले
मेडिकल परीक्षण रू ५,००० – ७,००० आँफैले
कल्याणकारी कोष र बीमा रू ६,००० – ८,००० आँफैले
श्रम स्वीकृति (Labor Permit) करिब रू १,५०० आँफैले
म्यानपावर सेवा शुल्क तोकिए बमोजिम आँफैले
🚩 रेड फ्ल्याग (खतराका संकेत):

एजेन्टहरूले पोल्यान्डको लागि १२ देखि १८ लाखसम्म असुल्ने गरेका छन्। वैधानिक रूपमा डिमाण्ड आएको म्यानपावरबाट जाँदा यति धेरै खर्च लाग्दैन। मोटो रकम तिरेर जाँदा धेरै वर्षसम्म ऋण तिर्नमै समय बित्छ।

सम्पर्क

थप जानकारी र सम्पर्कहरू

कानुनी नियमहरू र आपतकालीन सम्पर्कहरू हेर्नुहोस्

महत्त्वपूर्ण कानुनी नियमहरू

  • जर्मनी/पोर्चुगल भाग्ने प्रवृत्ति: पोल्यान्डबाट गैरकानुनी रूपमा जर्मनी, स्पेन वा पोर्चुगल भाग्ने (Donkey route) प्रवृत्ति छ। पोल्यान्डको भिसामा जर्मनीमा काम गर्नु गैरकानुनी हो। पक्राउ परेमा सिधै डिपोर्टेसन हुन्छ।
  • बोर्डिङ रिजेक्सन (Deportation): कागजात शंकास्पद लागेमा वा उद्देश्य स्पष्ट नभएमा पोल्यान्डको बोर्डर गार्ड (Straż Graniczna) ले एयरपोर्टबाटै फर्काइदिन सक्छ।

आपतकालीन सम्पर्कहरू

नेपाली दूतावास, बर्लिन (पोल्यान्ड हेर्ने):

📞 +49 30 3435 99 20 | 📧 berlin@nepalembassy.de

Honorary Consulate of Nepal (Warsaw):

पोल्यान्डमा रहेका नेपालीहरूको समस्या सहजीकरणका लागि।

DOFE (नेपाल) हटलाइन:

📞 1141 / 16600150005

तलब जानकारी

पोल्यान्डको औसत तलब विवरण

ILO र फर्किएका श्रमिकहरूको तथ्यांकमा आधारित

काम देश न्यूनतम (NPR) अधिकतम (NPR) कैफियत

* माथिको तलब अनुमानित हो र कर (Tax) काटिएपछिको हातमा पर्ने (Net Salary) रकम हो। विनिमय दर अनुसार फरक पर्न सक्छ।

जीवनयापन खर्च

औसत मासिक खर्च

नेपालीहरूका लागि अनुमानित खर्च

बसोबास (Shared Room)

५०० - ८०० PLN

(रु २०,००० - ३२,०००)

खाना (आफैं पकाउँदा)

४०० - ६०० PLN

(रु १६,००० - २४,०००)

यातायात (Monthly Pass)

१०० - १५० PLN

(रु ४,००० - ६,०००)

इन्टरनेट र अन्य खर्च

१०० - २०० PLN

(रु ४,००० - ८,०००)

कुल मासिक अनुमानित खर्च

* माथिको खर्च व्यक्ति अनुसार फरक पर्न सक्छ। (१ PLN = करिब ४० NPR)

१,१०० - १,७५० PLN करिब रु ४४,००० देखि ७०,००० सम्म
FAQ'S

प्रायः सोधिने प्रश्नहरू

पोल्याण्डको बारेमा प्रश्न उत्तरहरू हेर्नुहोस्

यो पोल्यान्डको प्रान्तीय गभर्नर (Voivode) ले विदेशी नागरिकलाई काम गर्न दिने आधिकारिक रोजगार अनुमति (Zezwolenie na Pracę) हो। यो बिना भिसा आवेदन दिन मिल्दैन।
पोल्यान्ड जाने आवेदकहरूको संख्या धेरै र दूतावासको कोटा सीमित भएकोले, VFS ले लटरी/ड्र (Draw) प्रणाली लागू गरेको छ। यसमा कम्प्युटरले रेन्डमली छनौट गर्ने भएकोले महिनौंसम्म पालो नआउन पनि सक्छ।
पाइँदैन। पोल्यान्डको भिसा वा TRC ले तपाईंलाई सेन्जेन देशहरूमा पर्यटकको रूपमा मात्र घुम्ने अनुमति दिन्छ। अर्को देशमा काम गर्नु पूर्ण रूपमा गैरकानुनी हो।
Karta Pobytu पोल्यान्डको अस्थायी निवास अनुमतिपत्र (Temporary Residence Card - TRC) हो। पोल्यान्ड पुगेपछि भिसाको अवधि सकिनु अगावै तपाईंले यसको लागि आवेदन दिनुपर्छ।
सन् २०२४ जुलाई देखि पोल्यान्डको कानुनी राष्ट्रिय न्यूनतम तलब ४,३०० PLN (पोलिस ज्लोटी) ग्रस तोकिएको छ। ट्याक्स काटेर हातमा (Net Salary) करिब ३,२६१ PLN आउँछ, जुन नेपाली रुपैयाँमा लगभग १,१०,००० जति हुन्छ।

थप जानकारी खोज्दै हुनुहुन्छ?

एजेन्सीको वैधानिकता जाँच गर्नुहोस् वा अन्य देशहरू हेर्नुहोस्।

अनिवार्य

वैदेशिक रोजगारीको सम्पूर्ण मार्गदर्शन

वैदेशिक रोजगारीका लागि सही बाटो छनोट गर्नेदेखि विमानस्थलमा गर्नुपर्ने अन्तिम प्रक्रियासम्मका महत्वपूर्ण चरणहरू बुझ्नुहोस्।

सम्पूर्ण प्रक्रिया हेर्नुहोस् →
महत्त्वपूर्ण

आवश्यक कागजातहरूको सूची

विदेश जानुअघि चाहिने महत्वपूर्ण कागजातहरूको स्पष्ट सूची हेरेर आफ्नो तयारी पूरा गर्नुहोस्।

आवश्यकताहरू हेर्नुहोस् →
अनिवार्य

श्रम स्वीकृति (श्रम) सम्बन्धी जानकारी

श्रम स्वीकृति लिने प्रक्रिया, आवश्यक कागजात, नवीकरण र लाग्ने शुल्कबारे स्पष्ट जानकारी पाउनुहोस्।

प्रक्रिया बुझ्नुहोस् →
लोकप्रिय

रोजगारीका लागि आवश्यक तालिम

भाषा, प्राविधिक सीप र अभिमुखीकरणसम्बन्धी तालिममार्फत विदेशमा राम्रो अवसरका लागि तयार हुनुहोस्।

तालिमका विकल्प हेर्नुहोस् →
उपयोगी

यात्रा अघि जान्नैपर्ने कुरा

सामान प्याकिङ, बैंकिङ, विदेशी मुद्रा सटही तथा विदेश पुगेपछिका सुरुवाती दिनमा ध्यान दिनुपर्ने व्यावहारिक कुराहरू जान्नुहोस्।

तयारीका सुझाव हेर्नुहोस् →
सुरक्षा

ठगीबाट बच्ने उपाय र सहयोग

नक्कली एजेन्टबाट कसरी बच्ने? समस्या परेमा दूतावास वा सरकारी निकायमा कसरी उजुरी गर्ने?

थप पढ्नुहोस् →