Background image: Dazzling city of Seoul, South Korea
South Korea flag

दक्षिण कोरिया

EPS, E-7 भिसा र प्रक्रियासम्बन्धी सम्पूर्ण जानकारी

EPS/E-7 प्रणाली
उत्पादन/कृषि/सिप मुख्य क्षेत्र
६-१२ महिना प्रक्रिया समय

नेपाली श्रमिकहरूका लागि दक्षिण कोरिया उच्च पारिश्रमिक र सुरक्षित गन्तव्य हो। यहाँ मुख्यतया नेपाल सरकार (DOFE) र कोरिया (HRD) बीचको G2G सम्झौतामार्फत EPS (E-9) भिसामा कामदार जान्छन्। हालै नेपालबाट सीपयुक्त कामदारहरूका लागि E-7 भिसाको ढोका पनि खुलेको छ।

KTM ✈ ICN
South Korea flag

दक्षिण कोरिया

सियोल

E-9 / E-7 Visa
|||| || ||| | ||||
प्रक्रिया

कोरिया जाने सम्पूर्ण प्रक्रिया (EPS E-9 को आधारमा)

नेपालदेखि कोरियासम्मको वास्तविक ८ चरणहरू

1

📝 भाषा परीक्षा (EPS-TOPIK)

कोरिया जान सबैभन्दा पहिले HRD Korea ले लिने कोरियन भाषा परीक्षा (EPS-TOPIK) पास गर्नुपर्छ।

2

🛠 सीप परीक्षण (Skill Test)

भाषा परीक्षा पास भएपछि शारीरिक तन्दुरुस्ती, रङ पहिचान र आधारभूत सीप परीक्षण (Skill Test) पास गर्नुपर्छ।

3

📋 रोस्टरमा दर्ता (Job Roster)

मेडिकल र प्रहरी रिपोर्ट (Police Report) पेस गरेपछि तपाईंको विवरण कोरियाको जब रोस्टर (Job Roster) मा अपलोड हुन्छ।

4

🤝 रोजगार सम्झौता (SLC)

रोस्टरबाट रोजगारदाताले छनौट गरेपछि Standard Labor Contract (SLC) आउँछ, जसमा तपाईंले EPS शाखामा गई हस्ताक्षर गर्नुपर्छ।

5

🛂 CCVI (भिसा निस्कासन)

कोरियाको अध्यागमनबाट CCVI (भिसा निस्कासन नम्बर) जारी भएपछि नेपालस्थित कोरियन दूतावासमा भिसाका लागि आवेदन दिइन्छ।

6

🎓 पूर्व-प्रस्थान अभिमुखीकरण

EPS नेपाल शाखाले सञ्चालन गर्ने ६ दिने अनिवार्य अभिमुखीकरण (Orientation) तालिम लिनुपर्छ।

7

✈️ उडान र प्रवेश

उडान तालिका तय भएपछि EPS शाखामार्फत इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कोरिया प्रवेश गरिन्छ।

8

🪪 एलियन रजिस्ट्रेसन कार्ड (ARC)

कोरिया पुगेर ३ दिनको तालिम र मेडिकल गरेपछि तपाईंलाई काममा पठाइन्छ र ARC (कोरियाको परिचयपत्र) बनाइन्छ।

जानकारी

महत्वपूर्ण जानकारी

E-9 र E-7 भिसाको भिन्नता बुझ्नुहोस्

🏭

E-9 भिसा (EPS प्रणाली)

यो अदक्ष/अर्धदक्ष कामदारहरूको लागि हो। यसको अधिकतम अवधि ४ वर्ष १० महिना हुन्छ। यस भिसामा परिवार लैजान पाइँदैन र रोजगारदाताको अनुमति बिना सजिलै कम्पनी परिवर्तन गर्न पाइँदैन। यो पूर्ण रूपमा नेपाल सरकार (G2G) मार्फत मात्र हुन्छ।

🎓

E-7 भिसा (दक्ष कामदार)

नेपालीहरूको लागि E-7 भिसा निकै आकर्षक छ। यसका मुख्य फाइदा र तरिकाहरू:

  • E-7-4 (पोइन्ट सिस्टम): कोरियामै E-9 मा काम गरिरहेका श्रमिकले भाषा (TOPIK), उमेर, तलब र अनुभवको आधारमा निश्चित पोइन्ट पुर्याएर E-7 मा अपग्रेड गर्न सक्छन्।
  • E-7-1/E-7-3 (सिधै नेपालबाट): हाल नेपालबाटै वेल्डर (Shipbuilding), इन्जिनियर र विशिष्ट सीप भएकाहरूले रोजगारदाता वा मान्यताप्राप्त एजेन्सीमार्फत सिधै E-7 भिसामा जान सक्छन्।
  • फाइदा: यसमा परिवार (F-3 भिसा) सँगै लैजान पाइन्छ, तलब धेरै हुन्छ र भविष्यमा स्थायी बसोबास (F-2/F-5) को बाटो खुल्छ।
लागत जानकारी

लागत र खर्च विवरण (EPS)

दक्षिण कोरिया जाँदा कति खर्च लाग्छ?

G2G प्रणाली अनुसार (E-9 भिसाको लागि)
विवरण अनुमानित लागत कसले व्यहोर्ने?
भाषा परीक्षा (EPS-TOPIK) शुल्क २८ डलर (करिब रू ३,८००) आँफैले
भिसा र हवाई टिकट रू ७०,००० – ९०,००० आँफैले
मेडिकल परीक्षण (तोकिएको अस्पताल) रू ५,००० – ७,००० आँफैले
कल्याणकारी कोष र बीमा रू ६,००० – ८,००० आँफैले
EPS अभिमुखीकरण (Orientation) करिब रू ६,३०० आँफैले
बायोमेट्रिक र ई-पासपोर्ट नियमानुसार आँफैले
श्रम स्वीकृति (Labor Permit) करिब रू १,५०० आँफैले
सामाजिक सुरक्षा कोष (SSF) करिब रू २,६०० आँफैले
🚩 रेड फ्ल्याग (खतराका संकेत):

कुनै म्यानपावर वा व्यक्तिले 'पैसा दिएर EPS (E-9) भिसा मिलाइदिन्छु' भनेमा त्यो १००% ठगी हो। EPS प्रणाली पूर्ण रूपमा पारदर्शी र भाषा परीक्षामा आधारित छ।

सम्पर्क

थप जानकारी र सम्पर्कहरू

कानुनी नियमहरू र आपतकालीन सम्पर्कहरू हेर्नुहोस्

महत्त्वपूर्ण कानुनी नियमहरू

  • अवैध बसाइ (Illegal Overstay): भिसा अवधि सकिएपछि लुकेर बसेमा पक्राउ परेको खण्डमा ठूलो जरिवानासहित डिपोर्ट गरिन्छ र पुनः कोरिया आउन प्रतिबन्ध लाग्छ।
  • कार्यस्थल परिवर्तन: E-9 भिसामा ३ पटक (विशेष अवस्थामा ५ पटक) भन्दा बढी कम्पनी फेर्न पाइँदैन। रोजगारदाताको गल्ती बिना आफूखुसी काम छोड्न मिल्दैन।

आपतकालीन सम्पर्कहरू

नेपाली दूतावास, सियोल:

📞 +82-2-3789-8700 | 📧 eonseoul@mofa.gov.np

विदेशी श्रमिक सहायता केन्द्र:

📞 1577-0071 (श्रम समस्या, तलब नपाएमा वा सल्लाह लिन - नेपाली भाषामा पनि सेवा उपलब्ध)

EPS कोरिया शाखा (नेपाल):

📞 01-5151182 (ग्वार्को, ललितपुर)

तलब जानकारी

दक्षिण कोरियाको औसत तलब विवरण

ILO र फर्किएका श्रमिकहरूको तथ्यांकमा आधारित

काम देश न्यूनतम (NPR) अधिकतम (NPR) कैफियत

* माथिको तलब अनुमानित हो र रोजगारदाता, अनुभव तथा विनिमय दर अनुसार फरक पर्न सक्छ। अन्तिम अपडेट: २०८३ आषाढ

जीवनयापन खर्च

औसत मासिक खर्च

नेपालीहरूका लागि अनुमानित खर्च

बसोबास (Gosiwon/Shared)

३,००,००० - ५,००,०००
KRW

(रु ३०,४५० - ५०,७५०)

खाना (आफैं पकाउँदा)

३,००,००० - ४,५०,०००
KRW

(रु ३०,४५० - ४५,६७५)

यातायात (Monthly Pass)

५५,००० - ८०,००० KRW

(रु ५,५८० - ८,१२०)

इन्टरनेट र अन्य खर्च

३०,००० - ६०,००० KRW

(रु ३,०४५ - ६,०९०)

कुल मासिक अनुमानित खर्च

* माथिको खर्च व्यक्ति र शहर अनुसार फरक पर्न सक्छ। (१०० KRW = करिब रु १०.१५)

६,८५,००० - १०,९०,००० KRW करिब रु ६९,५०० देखि १,१०,६०० सम्म
FAQ'S

प्रायः सोधिने प्रश्नहरू

दक्षिण कोरियाको बारेमा प्रश्न उत्तरहरू हेर्नुहोस्

EPS-TOPIK परीक्षा सामान्यतः वर्षमा दुई पटक हुन्छ। आवेदन EPS Nepal को आधिकारिक साइट epsnepal.gov.np मा गरिन्छ। कोटा सीमित हुने हुनाले सूचना आउनासाथ आवेदन दिनुहोस्।
E-9 भिसामा काम गरिरहेका श्रमिकले निश्चित समय काम गरेपछि कोरियन भाषा (TOPIK), उमेर, तलब, र अनुभवको आधारमा तोकिएको पोइन्ट (E-7-4) पुर्‍याएर भिसा परिवर्तन गर्न सक्छन्।
परीक्षा पास गर्दैमा कोरिया जाने ग्यारेन्टी हुँदैन। तपाईंको नाम रोस्टरमा जान्छ र रोजगारदाताले छनौट (SLC) गरेपछि मात्र भिसा प्रक्रिया सुरु हुन्छ। यसमा सामान्यतः ६ महिनादेखि २ वर्षसम्म लाग्न सक्छ।
अहँ, E-9 (अदक्ष कामदार) भिसामा परिवार लैजान पाइँदैन। तर, यदि तपाईंले आफ्नो भिसालाई E-7 (दक्ष कामदार) मा परिणत गर्नुभयो भने परिवारलाई सँगै लैजान मिल्छ।
मिल्दैन। E-9 भिसामा रोजगारदाताको गल्ती बिना कम्पनी फेर्न पाइँदैन। कम्पनी बन्द भएमा, तलब नदिएमा वा दुर्व्यवहार भएमा मात्र कानुनी रूपमा ३ पटकसम्म (विशेष अवस्थामा ५ पटक) कम्पनी फेर्न पाइन्छ।
नेपालबाट सिधै E-7 मा जान शिपबिल्डिङ (Welder) वा विशेष प्राविधिक सीप भएको हुनुपर्छ। यसका लागि रोजगारदाता वा DOFE बाट मान्यता प्राप्त म्यानपावरमार्फत सीप परीक्षण दिएर जान सकिन्छ।

थप जानकारी खोज्दै हुनुहुन्छ?

एजेन्सीको वैधानिकता जाँच गर्नुहोस् वा अन्य देशहरू हेर्नुहोस्।

अनिवार्य

वैदेशिक रोजगारीको सम्पूर्ण मार्गदर्शन

वैदेशिक रोजगारीका लागि सही बाटो छनोट गर्नेदेखि विमानस्थलमा गर्नुपर्ने अन्तिम प्रक्रियासम्मका महत्वपूर्ण चरणहरू बुझ्नुहोस्।

सम्पूर्ण प्रक्रिया हेर्नुहोस् →
महत्त्वपूर्ण

आवश्यक कागजातहरूको सूची

विदेश जानुअघि चाहिने महत्वपूर्ण कागजातहरूको स्पष्ट सूची हेरेर आफ्नो तयारी पूरा गर्नुहोस्।

आवश्यकताहरू हेर्नुहोस् →
अनिवार्य

श्रम स्वीकृति (श्रम) सम्बन्धी जानकारी

श्रम स्वीकृति लिने प्रक्रिया, आवश्यक कागजात, नवीकरण र लाग्ने शुल्कबारे स्पष्ट जानकारी पाउनुहोस्।

प्रक्रिया बुझ्नुहोस् →
लोकप्रिय

रोजगारीका लागि आवश्यक तालिम

भाषा, प्राविधिक सीप र अभिमुखीकरणसम्बन्धी तालिममार्फत विदेशमा राम्रो अवसरका लागि तयार हुनुहोस्।

तालिमका विकल्प हेर्नुहोस् →
उपयोगी

यात्रा अघि जान्नैपर्ने कुरा

सामान प्याकिङ, बैंकिङ, विदेशी मुद्रा सटही तथा विदेश पुगेपछिका सुरुवाती दिनमा ध्यान दिनुपर्ने व्यावहारिक कुराहरू जान्नुहोस्।

तयारीका सुझाव हेर्नुहोस् →
सुरक्षा

ठगीबाट बच्ने उपाय र सहयोग

नक्कली एजेन्टबाट कसरी बच्ने? समस्या परेमा दूतावास वा सरकारी निकायमा कसरी उजुरी गर्ने?

थप पढ्नुहोस् →